पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो (हेर्नुहोस् कति बढ्यो ?)

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो (हेर्नुहोस् कति बढ्यो ?)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । आयल निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाएको छ ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ पुर्‍याइएको छ ।

अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ । भारतबाट आएको मूल्य सूचीअनुसार नयाँ दर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य समायोजनपछि पनि निगमको घाटा १५ दिनमा ३० करोड रुपैयाँ पुग्ने अनुमान उनले गरेका छन् ।