काठमाडौँ । भारतका विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा बिहिवार अपराह्न विशेष विमानबाट यहाँ आइपुगेकी छन् । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
साथै उनले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्ने छिन् । भने बिहिवारै बेलुका उनि भावी प्रधानमन्त्रीका रुपमा रहेका केपी ओलीको रात्री भोजमा सहभागी हुने छिन् ।
स्वराजलाई अर्थराज्यमन्त्री उदयशमशेर राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारका तर्फबाट स्वागत गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग छोटो टिप्पणीमा स्वराजले भनिन,’ म कुनै एजेण्डा लिएर आएको होइन । यो सद्भाव भ्रमण मात्र हो ।