आर्थिक सहायता वितरण नगर्न आयोगको निर्देशन

आर्थिक सहायता वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उपलब्ध नगर्न/नगराउन अर्थ र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह र अर्थ मन्त्रालयलाई पटकपटक पत्राचार गरिएकामा हालसम्म पनि उक्त विवरण प्राप्त नभएको उल्लेख गर्दै आयोगले यस विषयमा मुख्य सचिवसँग आग्रह गर्ने निर्णय गरेको जनाएको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।