आज ब्लुमुन र सुपरमुन दुवै, दुर्लभ संयोग

आज ब्लुमुन र सुपरमुन दुवै,  दुर्लभ संयोग

काठमाडौं- हरेक २ बर्ष ८ महिनामा एकपटक हुने खग्रास चन्द्रग्रहण साँझ ६ बजेर ३६ मिनेटमा सुरु भएको छ। खग्रास चन्द्रग्रहणसँगै ‘ब्लुमुन’ र ‘सुपरमुन’ समेतका दुर्लभ संयोग परेको छ। यो एक सय ५२ वर्षपछि दोहोरिएको छ। सूर्य,पृथ्वी र चन्द्रमा एउटै समानान्तर हुन आउँदा र पृथ्वीले चन्द्रामालाई पूर्णरुपमा ढाक्दा खग्रास या पूर्णचन्द्रग्रहण हुने गर्छ।

र त्यो बेला बेला चन्द्रमा पृथ्वीसँग सबैभन्दा नजिक हुने आउँछ । सामान्यतया एउटै महिनामा दुई पटक पूर्णिमा परेमा पछिल्लो पूर्णिमाको चन्द्रमालाई ‘व्लु मुन’ भन्ने गरिन्छ ।

यसपल्ट गत जनवरी २ र त्यसको २९ दिनपछि आजै पूर्णिमा परेकाले व्लु मुन देखिएको हो । रचन्द्रग्रहणका समयमा चन्द्रमा पृथ्वीको अत्यन्तै नजिकै आउने हुनाले त्यस समयमा उसको आकार सामान्यतया भन्दा टाढाबाट ठूलो देखिन्छ र त्यसलाई ‘सुपर मुन’ भनिन्छ। चन्द्रग्रहण ९ बजेर ५३ मिनेट सम्म रहने छ।