१५२ वर्षपछिको लाग्ने चन्द्रग्रहण कुन राशीलाई शुभ कुन राशीलाई अशुभ ? हेर्नुहोस्

१५२ वर्षपछिको लाग्ने चन्द्रग्रहण कुन राशीलाई शुभ कुन राशीलाई अशुभ ? हेर्नुहोस्

काठमाडौँ, १६ माघ । माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन  ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ ।

धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन । समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

 यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ ।

कुन राशिले ग्रहण हेर्दा के फल ?

जन्मक्र्क्षे निधनं ग्रहे जनिभतो घातः क्षतिः श्रीव्र्यथा । चिन्तासौख्यकलत्रदौस्थ्यभृतयः स्युर्माननाशः सुखम् । लाभोपाय इति क्रमात्तदशुभध्वस्त्यै जपः स्वर्णगो–र्दानं शान्तिरथो ग्रहं त्वशुभदं नो वीक्षमाहुः परे ।। (मुहूत्र्तचिन्तामणिः, ४।६) अशुभ फल दिने ग्रहण नहेर्नु भनिएको छ । यदि हेरिन्छ भने दोष लाग्ने र त्यसको जप, अन्न वस्त्र दान, स्वर्णदान गरी शान्ति गर्नुपर्दछ । श्रवण नक्षत्रका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले श्रवण नक्षत्र र मकर राशि भएका व्यक्तिले ग्रहण नहेर्नु नै उचित हुने शास्त्रीय मान्यता रहेको छ । विशेषतः यो चन्द्रग्रहणमा कुन राशिले हेरे के फल निम्नानुसार बताईएको छः
मेषः व्यथा

वृषः श्रीप्राप्ति

मिथुनः क्षति

कर्कटः घात

सिंहः व्यय,

कन्याः लाभ

तुलाः सुख

वृश्चिकः  माननाश

धनुः कष्ट

मकरः स्त्रीपीडा

कुम्भः सौख्य छ

मीनः चिन्ता ।