चन्द्र ग्रहणका दिन स्वस्थानीको साङ्गे गर्ने कि नगर्ने ? धर्मशास्त्रमा के छ त ?

चन्द्र ग्रहणका दिन स्वस्थानीको साङ्गे गर्ने कि नगर्ने ? धर्मशास्त्रमा के छ त ?

माघ १६, काठमाडौँ । यस वर्ष स्वास्थनीको साङ्गेकै दिन ग्रहण परेकाले साङ्गे कतिखेर गर्ने भन्ने बारेमा अाम सर्वसाधारण अन्याैलमा छन् । यस सम्बन्धमा धर्मशास्त्रमा के छ त ? वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा.देवमणि भट्टराईका अनुसार चन्द्र ग्रहणको सुतक विहान ८:५५ देखि लाग्ने भएकाले सो पूर्व नै स्वस्थानीको साङ्गे सकेर प्रसाद ग्रहण गर्न सकिने बताउँछन् ।

यसैगरी बेलुका ५:३२ सम्म पनि स्वस्थानीको पूजा हवनादि गर्न मिले पनि प्रसाद ग्रहण गर्न सुतकले नदिने भएकाले प्रसाद ग्रहण वाहेकको साङ्गे गर्न सकिन्छ । यसैगरी पूर्णिमा पछि पञ्चमी तिथिसम्म पनि स्वस्थानीको साङ्गे गर्न सकिन्छ । पञ्चमीपछि भने स्वस्थानीको साङ्गे जुराएर मात्र गर्नु पर्दछ ।

पूर्णिमाको व्रत लिने गरेको भए पनि ग्रहणले कुनै असर गर्दैन । यसैगरी पूर्णिमामा गर्नु पर्ने श्राद्ध पनि गर्न मिल्छ तर भोजन भने निषेध गरिएको छ । त्यसकारण सिदा दान गर्नु पर्दछ भनी डा. भट्टराईले जानाकारी दिए ।