भारतीय विदेशमन्त्री नेपाल आउँदै, सरकार गठनको पूर्वसन्ध्यामा हुने भ्रमणको चासो बढ्दो

भारतीय विदेशमन्त्री नेपाल आउँदै, सरकार गठनको पूर्वसन्ध्यामा हुने भ्रमणको चासो बढ्दो

काठमाडौँ –भारतका बाह्य मामिला मन्त्री सुष्मास्वराज पर्सि बिहीबार नेपालको दुईदिने भ्रमणमा आउनुहुने भएको छ । यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेरबहादुर देउवा, प्रमुख राजनीतिक दलका शीर्षनेतासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा संविधान कार्यान्वयनका क्रममा तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि हुन लागेको भारतका बाह्य मामिला मन्त्रीको भ्रमणलाई नेपाल र भारतका जनताले अर्थपूर्ण रुपमा लिएका छन् ।

यसैबीच भारतको बाह्य मामिला मन्त्रालयले गत सोमबार जारी गरेको विज्ञप्तिमा भारत र नेपालबीचको उच्चस्तरीय राजनीतिक संवादको निरन्तरताको स्वरुपका रुपमा बाह्य मामिला मन्त्रीको नेपाल भ्रमण हुन लागेको जनाइएको छ