हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न किन मानेन ?

हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न किन मानेन ?

काठमाडौं । जिल्ला अस्पताल हुम्लामा अक्सिजनको सिलिन्डर नहुँदा बिरामीलाई उपचार गर्ने निकै समस्या परेको छ । गम्भिर प्रकृतिका विरामीलाई अक्सिजनको अभाव हुँदा समस्या परेको हो ।

हुम्लामा एक मात्रै यातायातको साधन रहेको हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको अस्पतालले जनाएको छ ।

कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाबाट पाठेघरको विरामीलाई उपचार गर्ने क्रममा हुम्ला पुगेको टोलीले तथ्य खुलेको हो ।

प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। मंगल रावलले भने,‘दम तथा अन्य थुप्रै प्रकारका प्राणघातक रोगको उपचार गर्नुपर्छ । सामान्य प्रकारका रोगका लागि आवश्यक उपकरण अस्पतालसँग छैन । समस्या परेको छ ।’

उनले भने,‘जिल्लाभर ५० हजार जनसंख्या छ । तर, जिल्ला अस्पतालमै अक्सिजनको सिलिन्डर नहुनु झन् गम्भिर विषय हो ।’ जिल्लाको एक मात्रै सुविधा सम्पन्न अस्पतालमा दैनिक विरामीको चाप बढिरहेको अस्पतालले जनाएको छ ।

हुम्लामा गम्भिर प्रकृति धेरै विरामी आउने र अक्सिजन दिनुपर्ने विरामी संख्या पनि धेरै भएकाले समस्या हुने गरेको जिल्ला अस्पताल हुम्लाका डा नविन रोकायाले बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

उनले अस्पतालमा ६ वटा मात्रै अक्सिजनका सिलिन्डरहरु रहेको बताए । नेपालगञ्ज र सुर्खेतबाट हवाइजहाजले सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको उनले दुखेसो गरे ।