[अपडेट] उपत्यकामा बन्दकाे आंशिक प्रभाव, देशका विभिन्न स्थानमा बम फेला

[अपडेट] उपत्यकामा बन्दकाे आंशिक प्रभाव, देशका विभिन्न स्थानमा बम फेला

काठमाडौं, १३ जेठ । प्रतिबन्धित दल नेकपा विप्लव नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव कम गर्न देशैभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । विप्लव समूहले हिजो राजधानी काठमाडौंका विभिन्न स्थानमा गराएको विस्फोटमा परि ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् । घटनामा विप्लव समूहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यसैबीच आज बन्दका कारण देशभरको यातायात निर्वाधरुपमा चल्न सकेका छैनन् । बन्दले काठमाडौं उपत्यकामा आंशिक प्रभाव परेको छ ।

उपत्यकासहित देशभरका सडकमा आज सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् ।

बन्दका कारण काठमाडौ उपत्यकाभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका छन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ । यस्तै धेरैजसो स्कुल तथा कलेज पनि बन्द भएका छन् ।

उपत्यकाबाहिरका जिल्लाहरुमा भने बन्दले जनजीवन बढी प्रभावित भएको छ । उपत्यकामा अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । आज निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् । निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।
विप्लव समुहका कार्यकर्ताहरुले हिजो साँझ र आज विहान विभिन्न क्षेत्रमा बम विष्फोट गराउने प्रयास गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन्।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए। आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ।

यसैबीच प्रहरीले विस्फोटक पदार्थसहित चन्द समूहका ७ जनालाई कोटेश्वरको नरेफाँटबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी गोविन्द काफ्लेकाअनुसार नरेफाँटस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट चारवटा प्रेसरकुकर, बन्द आह्वान गरिएको पम्प्लेट र बाँसको भाटा फेला परेको बताइएको छ  ।

यसैबीच धादिङको थाँक्रे गाउँपालिका वडा नम्बर ६ महादेववेशीं र धुनिवेशीं नगरपालिका वडा नम्बर ६ चालिसेमा २ वटा बम भेटिएको छ । आज विहान २ बजे महादेववेशीमा सकेट बम र ५ बजे चालिसेमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा भेटिएको बम गजुरीबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी भएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताएका छन् । आगजनीका कारण गाडीका सबै भाग जलेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ । ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते हुनुभएको छ । उहाँको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी भएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताएका छन् । आगजनीका कारण गाडीका सबै भाग जलेको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका –११ मा गुडिरहेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको ट्रकमा सोमबार बिहान तीन बजे पेट्रोल बम प्रहार गरिएको हो ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकदेखि ५ मिटर तल खसेको छ । ट्रक चालक तनहुँ ब्यास नगरपालिका –४, बस्ने ३३ वर्षीय अमर विक घाइते हुनुभएको छ । उहाँको ढाड र अनुहारमा आगोले पोलेको छ । घाइते विकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोमबार बिहान साढे तीन बजेक कावासोती नगरपालिका –१६ मा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार भएको छ । बम प्रहरा हुँदा जीपमा सामान्य क्षती भएको छ । मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।