एजेन्सी, ९ जेठ । भारतमा सम्पन्न १७ औं लोकसभाको मतगणनाको अन्तिम नतिजा आज सार्वजनिक हुदैछ । ११ अप्रिलबाट १९ मेसम्म ७ चरणमा भएको चुनावमा झन्डै ५ सय ४२ सिटका मतदान भएको थियो । जसमा झन्डै ८ हजार ४० जना उम्मेदवार चुनावी मैदानमा उत्रेका थिए । आज बिहान ८ बजेबाट सुरु मतगणना शुरु भएको छ । प्रारम्भिक मतपरिणाम रुझानमा बिजेपी अग्रस्थानमा देखिएको छ ।
जसमा वाराणसी, गुजरात, लखनउ, आजमगढ, मथुरा, बरेली सहितका स्थान रहेका छन् । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धी, राजनाथ सिंह, अखिलेश यादव, मुलायमसिंह यादव, अमित शाह सहितका नेताहरुको भविष्यको फैसला हुनेछ । यस पटकको चुनावबाट पनि भारतीय जनता पार्टी र विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको पुनः जित हुने विभिन्न सर्वेक्षणले देखाएको छ । मोदी र भाजपाको जितका लागि भारतका विभिन्न राज्यमा जनताहरुले बिहानैदेखि पुजा पाठ सुरु गरिसकेका छन् ।