किन पाएनन् ह्यारीको विवाहको निम्तो ट्रम्पले ?

  • 17
    Shares
किन पाएनन् ह्यारीको विवाहको निम्तो ट्रम्पले ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन्।

मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन्।

अमेरिकी अभिनेत्री मार्कल सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन्। उनले ट्रम्प महिला विरोधी र विभाजक भएको बताएकी थिइन्।