काठमाडौँ,जेठ ५,। सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ ।गाेरखापत्र दैनिकमा खबर छ ।
सरकारले ल्याएको ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि, २०७५’ मा सो कुरा उल्लेख छ । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले राजमार्ग र सडक सकभर कुनै पनि कारणले अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र खुलाउने जानकारी दिनुभयो ।हाँले भन्नुभयो, “समग्र मुलुक र आम नागरिकको ‘लाइफ लाइन’ को रूपमा रहेको राजमार्ग र सडक कुनै पनि हालतमा एकछिन पनि अवरुद्ध हुनुहुुँदैन भन्ने राज्यको मान्यता छ । त्यसैले ‘राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहीको कार्यविधि, २०७५’ कार्यान्वयनमा आएको हो ।’’
प्रवक्ता सुवेदी भन्नुहुन्छ, ‘‘आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न तथा विभिन्न बहानामा राजमार्ग र सडक अवरुद्ध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा आमनागरिकलाई विना अवरोध सहजरूपमा मुलुकभर यात्रा गर्न सहज होस् भन्ने उद्देश्यसहित सो कार्यविधि ल्याइएको हो ।’’
प्रवक्ता सुवेदीले सो कार्यविधि मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको जानकारी समेत दिनुभयो । कार्यविधि कार्यान्वयनमा आएसँगै अवरुद्ध राजमार्ग र सडक खुलाउन सम्बन्धित क्षेत्रको प्रशासनले एकीकृत बल प्रयोग गर्न सक्ने छ ।