एमाले-माओवादी पार्टी एकता‘निर्णायक मोड’ मा

एमाले-माओवादी पार्टी एकता‘निर्णायक मोड’ मा

काठमाडौं । एमाले नेता सुवास नेम्बाङ संयोजकत्वको कार्यदलको ब्रिफ्रिङपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार गोप्य छलफलमा बसेका छन् । पार्टी एकता निर्णायक मोड मा पुगेको भन्दै ओली र दाहाल वान टु वान वार्तामा बसेको ओलीनिकट स्रोतले जानकारी दियो ।  अाजकाे अन्नपूर्ण पोष्टमा खबर छ ।

पोखराबाट फर्किएलगत्तै ओली निवासमा कार्यदलका संयोजक नेम्बाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापाले ओली र दाहाललाई कार्यदलको ब्रिफ्रिङ गरेका थिए ।