टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा उक्लियो

टी-ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा उक्लियो

काठमाडौं, वैशाख २० : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले सुधार गरेको छ ।आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली क्रिकेट टोली आईसीसी विश्व बरियतामा पहिलो पटक ११औं स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आजदेखि लागु हुने गरी सार्वजनिक गरेको टी–२० विश्व बरियतामा तीन स्थान सुधार गरी नेपाल ११औं स्थानमा पुगेको हो । टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, तेस्रोमा इंग्ल्यान्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा भारत रहेको छ ।