काठमाडौं- चितवनको माडीस्थित बाँदरमुढे घटनामा मारिएका ३८ जनासहित अन्य २० जना गरी ४८ जनालाई सरकारले सहीद घोषणा गरेको छ। विहीबार बसेको मन्त्रीपरिषदको बैठकले
सहीद घोषणा हुनेहरुमा बाँदरमुडेमा मारिएका ३८ सँगै सिन्धुपाल्चोकका ७, सुनसरीका २ र खोटाङका १ सामेल छन्। माओवादीद्वारा घटाइएका ती घटनाहरुमा घाइते हुनेहरुलाई समेत उचित क्षतिपूर्ण दिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहबहादुर बस्नेतले बताए।
चितवनको माडीस्थित बाँदरमुढे घटनामा सार्वजनिक यातायातलाई तत्कालिन माओवादी विद्रोहीहरुले एम्बुसमा पारको १२ वर्षपछि सरकारले उक्त घटनामा ज्यान गुमाएकालाई सहीद घोषणा गरेको हो।
विहीबार बसेको मन्त्रीपरिषदको बैठकले माओवादीको सशस्त्र विद्रोमा चितवन, कास्कीलगायत विभिन्न ठाउँहरुमा माओवादी द्वारा मारिएककाहरुलाई सहीद घोषणा गर्ने र घाइतेहरुका लागि उचित क्षतिपूर्तिको व्यवस्था गनर्ने घोषणा गरेको छ।
लामो समयदेखि सुरक्षा निकाय र माओवादीहरुद्वारा पीडितहरुले पनि त्यस्तो मान्यता र सुविधा आफ्नो पक्षका पीडितहरुले पनि उठाउँदै आएका थिए।
बाँदरमुढे पीडित समूहका उपाध्यक्ष कृष्ण अधिकारीले ढिलै भए पनि सरकारले गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै यसअघि बाबुराम भट्टराईको नेतृत्वको माओवादी सरकारले उक्त घटनामा घाइते भएका उनका पार्टीका घाइते समर्थकहरुलाई मात्र मुआब्जा दिन गरेको निर्णयको समीक्षा हुनु पर्ने माग राखे। यसअघि २०६२ जेठमा सेनाका केही व्यक्ति बसमा चढेको आशंकामा माओवादीले एम्बुस थापेपछि खचाखच भरिएको सवार ३८ जना ठहरै भएका थिए भने ७२ जना घाइते भएका थिए।
योसँगै मन्त्रीपरिषदले सातै प्रदेशमा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र स्थापना गर्ने भएको छ। जसअन्तर्गत प्रदेश १ को धरान, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चोभार, प्रदेश ४ को दमौली, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को कञ्चनपुर केन्द्र तोकिएको छ। साथै पूर्वी रुकुमको उत्तरगंगा गाउँपालिका बोलडारा भन्ने ठाउँमा जिल्ला सदरमुकाम तोकेको छ।
यसका साथै पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमनमा सरुवा गरिएको छ भने सो कार्यालयमा त्यहा कार्यरत कृष्ण देवकोटालाई पर्यटनमा ल्याइएको छ। यसका साथै परिवार नियोजन संघको केन्द्रीय कार्यसमितिलाई विघटन गर्दै छत्र बहादुर गिरीको संयोजकत्वमा तदर्थ समिति गठन गर्ने निर्णय गरको छ।