काठमाडौ, १७ वैशाख। । साताको तेस्रो दिन आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।आज नेप्से ११ दसमलव सात अंकले घटेर १२ सय ९८ दसमलव ६० बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ७४ अंकले घटेर दुई सय ७९ दसमलव १० बिन्दुमा झरेको छ ।
एक सय ७६ कम्पनीहरुको १० हजार ७४ वटा कारोवारमा २९ लाख ६७ हजार तीन सय ५८ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ९५ करोड ८६ हजार नौ सय ३६ रुपैयाँ पुगेको छ ।नेप्सेमा आज ११ वटै समुहको कारोवार भएकोमा जलबिद्युत र फाईनान्स समुहको सुचकमा सुधार आएपनि बाँकी नौ वटा समुहको सुचक उच्च बिन्दुले घटेकाछन ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ८२ अंकले घटेर ११ सय ७१ दसमलव चार बिन्दुमा झर्दा बिकास बैंक समुहको सुचक दुई दसमलव ७३ अंकले घटेर १५ सय ७३ दसमलव ९८ बिन्दुमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक पनि उच्च बिन्दुले घटेकाछन ।
आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सानिमा माई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९६ पैसाले बढेर दुई सय ७६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ८९ पैसाले घटेर नौ हजार छ सय ४६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १२ सय ७१ रुपैयाँ अन्तिम मुल्यमा १६ करोड सात हजार दुई सय ८५ रुपैयाँको कारोवार भएको छ ।