क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाइयो

क्याप्टेन विजय लामालाई प्रवक्ताबाट हटाइयो

काठमाडौँ , १६ वैशाख । । नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले लामाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेकामा चित्त बुझ्दो जवाफ नआएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ।निगमको दुबई उडान स्थगित भएपछि लामाले केही मिडिया तथा सामाजिक सञ्जालमा आफूलाई ‘निद्रा नलाग्ने’, ‘मानसिक तनाव’ रहेको जस्ता अभिव्यक्ति दिएका थिए ।

लामाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उहाँको लाइसेन्स तत्कालका लागि ‘सस्पेन्स’ गर्ने निर्णय गरेको हो । उहाँले हामी (क्यान) लाई रिपोर्ट गराउनुभएन, यसबारे स्पस्टिकरण पनि चित्तबुझ्दो नआएपछि प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल जहाज उडानमा रोक लगाइएको हो,”–प्राधिकरणका एक वरिष्ठ अधिकारीले भने ।