काठमाडाैं, माघ १० । प्रदेश नं. ५ मा राष्ट्रियसभा निर्वाचन अन्तरगत नेपाली कांग्रेसका पूर्व सांसद अनिता देवकोटा सहित ३ जना निर्विरोध निर्वाचित भएका छन् ।आज उम्मेद्वारी दर्ताको दिन यो प्रदेशमा महिलाको ३ सिटमा कसैको उम्मेद्वारी नपरेपछि उनीहरु तिनै जना निर्विरोध निर्वाचित भएका हुन ।
राष्ट्रियसभामा प्रदेश ५ बाट नेपाली कांग्रेसका अनिता देवकोटा,नेकपा एमालेबाट कोमल वली र मीना बुढाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । उनीहरु निवार्चित भएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि माघ १५ गतेमात्रै हुने रावलले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निवार्चित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् ।