६५ बर्षमै बृद्धभत्तासँगै भुकम्पपिडितलाई थप १ लाख दिने सरकारको निर्णय

६५ बर्षमै बृद्धभत्तासँगै भुकम्पपिडितलाई थप १ लाख दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले ६५ वर्षको उमेरमै वृद्धभत्ता दिने निर्णय गरेको हो । यसअघि वृद्धभत्ता पाउन ७० वर्ष पुगेको हुनुपर्ने व्यवस्था थियो । यसैगरी भूकम्प पीडित र बाढी पीडितहरुको हकमा अहिले दिइएको राहतमा १ लाख रुपैँया अरु थप गर्ने सरकारले निर्णय गरेको छ ।

२०५१ सालमा तत्कालीन मनमोहन अधिकारी सरकारले पहिलो पटक नेपालमा वृद्ध भत्ताको अवधारणा सहित भत्ता दिने घोषणा गरेको थियो। त्यस यताका सरकारले यो कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।