राजेन्द्र, महेन्द्र र अनिल झा एमालेसँग मिलेर सरकारमा जाने बाटो खोज्दै

राजेन्द्र, महेन्द्र र अनिल झा एमालेसँग मिलेर सरकारमा जाने बाटो खोज्दै

काठमाडौं । राजपाका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव र अनिल झा राष्ट्रियसभाको निर्वाचनमा एमालेसँग मिलेर आगामि  सरकारमा जाने बाटो खोज्ने थालेका छन् ।
यसपटक राष्ट्रिय सभाको चुनावमा एमालेसँग मिल्न सकियो भने केन्द्रमा सरकारमा जाने बाटो खुल्ला हुने उनीहरुको बुझाइ छ । एमालेसँग नमिले आगामि पाँच वर्ष सम्म सरकार बाहिरै बस्नु उनीहरुको ठम्याई छ । त्यसैले राष्ट्रिय सभाको चुनावमा सकेसम्म एमालेसँग मिल्न उनीहरुले प्रयास गरीरहेका छन् । सोमवार र मंगलवार विहान बसेको  राजपाको अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा  नेपाली कांग्रेससँग मिल्ने कि बाम गठबन्धनसँग मिल्ने भन्ने वारेमा दुइ मत देखिएको थियो । राजेन्द्र र महेन्द्रले एमालेसँग मिल्नु पर्ने अडान राखे पछि राष्ट्रिय सभाको निर्वाचनको बारेमा राजपाले  औपचारिक निर्णय गर्न ढिलो गरेको स्रोतको भनाइ छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरतसिंह भण्डारीले भने लोकतान्त्रिक शक्तिको नाताले नेपाली कांग्रेससँग मिल्नु पर्ने अडान राखेका छन् । राजकिशोर यादव पनि कांग्रेसको पक्षमा रहेको स्रोतको भनाइ छ । तर, गत प्रतिनिधि सभाको राजेन्द्र महतोलाई विजय गराउन एमालेले सघाए यता महतो एमाले अध्यक्ष केपी ओलीसँग नजिकिदै गएको महतो निकट स्रोतको भनाइ छ । महतो ओलीको नेतृत्वमा राजपालाई  सरकारमा पठाउन मानसिक रुपमा तयार भएको महतो निकट कार्यकर्ताहरु बताउछन ।  ठाकुर र भण्डारी भने लोकतान्त्रिक गठबन्धनबाट बाहिर पार्टी जान नहुने अडान राख्दै आएका छन् ।
राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्न नेपाली कांग्रेस र राजपाको बैठक दुइ तीन दिनदेखि औपचारिक रुपमा पटक पटक बसेको छ भने राजेन्द्र महतो र महेन्द्र यादवले एमालेका नेताहरुसँग औपचारिक र अनौपचारिक कुराकानी गरीरहेका छन । बाम गठबन्धनले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए मात्रै पनि पार्टीले एमालेसँग सहकार्य गर्नु पर्ने राजेन्द्र र महेन्द्रको भनाइ रहेको छ । -तरुण खबरबाट