नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष, प्रज्ञाभवनमा विशेष कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष, प्रज्ञाभवनमा विशेष कार्यक्रम

काठमाडाैं, ९ वैशाख । आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ दिवस । यसै अवसरमा आज देशभर विविध कार्यक्रमहरुकाे आयाेजना गरिदै छ । नेकपाले आज प्रज्ञाभवन कमलादीमा पार्टीको स्थापना दिवस विशेष कार्यक्रम आयाेजना गर्दैछ ।

प्रज्ञाभवन कमलादीमा हुने विशेष कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । ७० वर्षअघि अर्थात सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल वि.सं. २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो ।