उपचारको बहानामा क्लिनिकभित्रै बलात्कार

उपचारको बहानामा क्लिनिकभित्रै बलात्कार

राजविराज । सेवाग्राहीलाई बलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ ।

राजविराज १, का डा हृदयनारायण झाले वडा नं। ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि बलात्कारको प्रयास गरेका थिए ।

साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले लात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

गत पुष २७ गते भएको यो घटना मिलापत्र गराउने प्रयास हुँदा ढिलो गरी सार्वजनिक भएको हो ।

मिलापत्र गरेर जाने भन्दै आएपनि प्रहरीले मुद्दा दर्ता गरी कानुनी कारवाही सुरु गरेको सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।

पुष ९ गते पनि राजविराज १० का १८ वर्षिया रामविलास साहले एक किशोरीलाई बलात्कारको प्रयास गरेपछि पक्राउ गरिएको छ ।  अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

दुवै आरोपीलाई म्याद थप गरी अनुसन्धान अगाडि वढाईएको डिएसपी श्रेष्ठले वताए ।