तरुण दलले बोलायो जिल्ला अध्यक्षहरुको भेला

तरुण दलले बोलायो जिल्ला अध्यक्षहरुको भेला


काठमाडौं, नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले माघ २८ र २९ गते जिल्ला अध्यक्षहरुको भेला बोलाएको छ । निर्वाचनको समीक्षा, समसामयिक राजनीति, संगठन सुदृढिकरण, भावी रणनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको महासचिव भुपेन्द्रजंग शाहीले विज्ञप्तिमार्फत जनाएका छन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव भई मुलुक नयाँ राजनीतिक परिस्थितिमा प्रवेश गरेकाले नयाँ परिस्थितिका बारेमा बृहत छलफल र प्रशिक्षण कार्यक्रम गर्न लागेको उनले बताए ।