काठमाडौँ, चैत २७ – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ १’ सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् ।
मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् । १२ चैतबाट काठमाडौँ महानगरपालिकाले पाँच ब्रुमरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ ।विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा घुलो घटेको छैन ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।