काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा उपचारार्थ भर्ना भएका छन् ।
आइतवार उनको ज्वरो बढेपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकोले उनलाई ज्वरो आएको बताइएको छ । नेता नेपाल गत साता बारा र पर्सामा हावाहुरी आएपछि त्यहाँ गएका थिए । उनलाई त्रिविका चिकित्सक डा. सन्तकुमार दासको टोलीले उपचार गरिरहेको छ ।
स्वकीय सचिव पौडेलले उहाँको ज्वरो सामान्य भएकाले चिकित्सकको सल्लाहमा आजै अस्पतालबाट घरफिर्ता गरिने जानकारी गराए ।