काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने महानिरीक्षक सर्वेन्द्र खनालकाे घोषणा

काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने महानिरीक्षक सर्वेन्द्र खनालकाे घोषणा

काठमाडौं,चैत २१।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई प्रदुषणमुक्त बनाउने घोषणा गरेका छन् ।  खनालले वातावरण प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक महाशाखालाई निर्देशन दिएका छन् ।

उपत्यकाको ट्राफिक ब्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ कार्यान्वयनको शुभारम्भ गर्दै खनालले हरियो स्टीकरण टाँसेका सवारी साधनले पनि धुवा उडाउदै गुडेको भन्दै वातावरण प्रदुषण गर्ने त्यस्ता सवारीलाइ नियन्त्रण लिन निर्देशन दिएका हुन् ।

उनले ट्राफिक जामका कारण हुने प्रदुषण रोक्न सम्बन्धित स्थानीय तह पनि जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए ।फुटपाथ नियन्त्रण र मिटर ट्याक्सीको समस्या दिनानुदिन जटिल बन्दै गएको उल्लेख गर्दै उनले फुटपाथ अतिक्रमण स्थानीय निकाय र सबै मिलेर हटाउनुपर्ने बताए । काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन बस पकेट निर्माण गर्ने उनले जानकारी दिए ।

ट्राफिक प्रहरी महाशाखाले बिहीबारदेखि नै ‘ट्राफिक एक्सन टास्क’ टिम बनाएर उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक ब्यवस्थापन सुधार कार्ययोजना–२०७५ कार्यान्वयन शुरु गरेको छ ।