अमेरिकाले नेपाली विद्यार्थीसँग लिने शुल्क घटाउने

अमेरिकाले नेपाली विद्यार्थीसँग लिने शुल्क घटाउने

काठमाडौं,चैत २० – अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीसँग भिसा प्रोसेसिङका नाममा अमेरिकी दूतावासले लिँदै आएको २ सय डलर अब नलिने भएको छ ।याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

दुई देशबीच भिसा पारस्पारिकताको कार्यान्वयनका क्रममा नेपालले अतिरिक्त शुल्क नलिने गरेको आग्रहमा अमेरिकी दूतावास राजी भएको हो ।‘एक महिनाभित्र दूतावासले कार्यान्वयन गर्ने प्रतिबद्धता आज पनि दोहो-याएको छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसबाट हाम्रो करोडौँ जोगिनेछ ।’