वि.सं. २०७५ चैत्र १८ गते सोमबार तदनुसार ई. सं. २०१९ अप्रिल ०१ तारिख, चैत्र कृष्ण एकादशी, धनिष्ठा नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, बालब र कौलव करण, आजको चाडपर्व र उत्सव : पापमोचिनी एकादशी व्रत, विश्व मूर्ख दिवस (अप्रिल फर्स्ट), आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : भौम प्रदोष व्रत, देउपाटनमा देशोद्धार पूजा, वारुणी योग बिहान ०८ बजेर ५३ मिनेटदेखि राती ०१ बजेर ०३ मिनेटसम्म, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ ।आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ ।विद्या लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । शत्रुपक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । पराक्रम बढ्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । कान्ति वृद्धि हुनेछ, आय बढ्नुका साथै प्रेमिल दिन रहनेछ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै यात्राको योग देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै मनमा अस्थिरता रहनेछ ।
धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । प्रिय लाभ हुनेछ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । कीर्ति लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । मीष्ठान्न लाभ हुनेछ, आय बढ्नुका साथै नयाँ कार्यमा मन जानेछ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । स्वास्थयमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।