नवनियुक्त प्रदेश प्रमुखको आज शपथग्रहण

नवनियुक्त प्रदेश प्रमुखको आज शपथग्रहण

काठमाडौँ: नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था छ।

राष्ट्रपति कार्यालयले शपथको समय निश्चित गरिसकेको छैन। राष्ट्रपति कार्यालयका अनुसार अपराह्न ४ बजे शपथको तयारी गरिएको छ।

जसमा प्रदेश १ का लागि डा. गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख चयन गरिएको छ।