

चैत्र महिना १४ गते बिहिबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको अष्टमी तिथि राति १।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । मूल नक्षत्र दिवा १।३४ बजेसम्म रहनेछ । आज वरियन योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।२ मा छ भने सूर्यास्त बेलुका ६।१८ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् । आज शीतलाष्टमीका साथै अष्टमीव्रत पनि परेको छ । भगवतीको उपासना गर्ने आज उत्तम दिन हो ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा प्रतिकूलता रहनेछ, शत्रु भयका साथै कार्यमा कठिनाइ रहने देखिन्छ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक उन्नति हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा रुचि जाग्नेछ, कीर्ति वृद्धिका साथै मनमा उत्साह छाउने देखिन्छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मित्र लाभ हुनेछ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक अवरोध रहनेछ, शत्रु बढ्नुका साथै शारीरिक आलश्यता रहने देखिन्छ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मित्र सुख मिल्ने देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक कार्यमा मन जानेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मीष्ठान्न लाभ हुनेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु पक्ष सबल छन्, कार्य अवरोधका साथै शारीरिक कष्ट रहने देखिन्छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै कार्यमा उन्नति हुनेछ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रिय लाभ हुनेछ, गृह सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।