

चैत महिनाको १३ गते बुधबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको सप्तमी तिथि राति १२।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । ज्येष्ठा नक्षत्र दिवा १२।१९ बजेसम्म रहनेछ । आज व्यतिपात योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३ मा छ भने सूर्यास्त बेलुका ६।१८ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज सप्तमी तिथि सूर्य भगवानको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।
बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य अवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
द्रव्य लाभ, कीर्ति वृद्धिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि रहनेछ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्ति लाभ, आर्थि उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्चमा वृद्धि हुनेछ, कार्यमा अस्थिरताका साथै मनमा चपलता रहनेछ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रिय लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै मनमा उत्साह छाउनेछ ।
धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीमा विकार रहनेछ, कार्यमा अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्नेछ ।