तपाईंकै आफ्नै राशिफलः चैत १२ गते, मंगलबारको भाग्याफल

तपाईंकै आफ्नै राशिफलः चैत १२ गते, मंगलबारको भाग्याफल

चैत १२ गते मंगलबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको षष्ठी तिथि राति १२।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । अनुराधा नक्षत्र दिवा ११।३४ बजेसम्म रहनेछ । आज सिद्धि योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४ मा छ भने सूर्यास्त बेलुका ६।१७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक अस्थिरता, मित्र भयका साथै सस्थ्यमा पनि प्रतिकूलता रहनेछ ।

बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

द्रव्यलाभ हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै यात्राका योग देखिन्छन् ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धन लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्र सुख मिल्नेछ, कीर्ति वृद्धिका साथै रमाइलो दिन रहनेछ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसामा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रिय लाभ, गृह सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शत्रु पक्ष सवल रहनेछन्, कार्य अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

प्रिय लाभ, धन प्राप्तिका साथै व्यापार व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)

श्रीवृद्धि, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रिय लाभ, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।