नेपाली कामदार लैजान जापानसंग श्रम समझदारी हुँदै

नेपाली कामदार लैजान जापानसंग श्रम समझदारी हुँदै

काठमाडौं, ११ चैत । जापान र नेपाल बिच आज श्रम समझदारी हुँदैछ । जापनमा नेपाली कामदार लैजानको लागि गर्न लागिएको श्रम समझदारीलाई दुई देशबीच सहकार्य गर्ने समझदारी भनिएका छ ।

जापानले पहिलोपटक श्रम भिसामा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीचको समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो । निमित्त श्रमसचिव र नेपालका लागि जापानी राजदुतले समझादारी पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ ।

समझदारी अनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् । जापानले आउँदो अप्रिल एक देखि नेपालसहित नौ देशबाट विदशी कामदार आफ्नो देश लाने निणर्य यसअघि नै गरिसकेको छ ।

श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार सम्झौता भएपछि आउँदो अप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको बुझिएको छ । त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार आदि देशहरूसँग कुराकानी गरेको विवरण जापानी सञ्चारमाध्यममा प्रकाशित भएको छ ।