

चैत महिनाको ११ गते सोमबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत चैत्र कृष्णपक्षको पञ्चमी तिथि राति १२।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । विशाखा नक्षत्र दिवा ११।१९ बजेसम्म रहनेछ । आज वज्र योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।५ मा छ भने सूर्यास्त बेलुका ६।१७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् । आज सोमबार शिवजीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा बाधा आउन सक्छ । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।
बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायमा वृद्धि हुनेछ, धार्मिक कार्यमा रुचि जाग्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षर हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक वस्तुबाट लाभ हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा स्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै दिन कार्यदायी रहनेछ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रिय लाभ हुनेछ, कीर्ति वृद्धिका साथै मनमा प्रशन्नता छाउनेछ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन लाभ हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मीष्ठान्न लाभ हुनेछ, पराक्रम बढ्नुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।
धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन लाभमा समय जाने देखिन्छ, मित्र सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गृहसुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।