सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौँ , चैत १० गते । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् । 

अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफनो इन्स्टाग्राम र फेसबुक एकान्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् ।

विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।