तपाईंको साताभरीको राशिफलः चैत १० देखि १६ गतेसम्मको भाग्याफल

तपाईंको साताभरीको राशिफलः चैत १० देखि १६ गतेसम्मको भाग्याफल

चैत महिनाको १० गते आइतबार । तदनुसार ई. सं. २०१९ मार्च २४ तारिख,  विश्व क्षयरोग दिवस, चैत्र कृष्ण चतुर्थी, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, हर्षण योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : विश्व क्षयरोग दिवस, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने,  भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आज चतुर्थी तिथि राता वस्तुको प्रयोगसँगै गणेशजीको उपासना शुभ रहनेछ । भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा सुधार हुँदै जानेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । अध्ययनमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ ।

बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अनावश्यक तनावको सिर्जना हुनेछ । साता वृद्धिदायी रहनेछ । कार्यमा सफलता हात पर्नुका साथ मान सम्मान पनि प्राप्त हुने देखिन्छ । व्यापारमा वृद्धि हुनेछ । विद्याको क्षेत्र बलवान देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । भौतिक वस्तु विशेष लाभदायी रहनेछन् । स्वास्थ्य सबल रहनेछ । कीर्ति वृद्धिकाक साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार कार्यमा अस्थिरता रहने देखिन्छ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साता फलदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नेछ । बिहीबारबाट भने कार्यमा अवरोधका आउन सक्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलताका साथै शत्रु पक्ष पनि सबल रहने भएकाले साताको उत्तराद्र्धमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पढाइलेखाइमा जाँगर चल्दैन । साता अर्थकरी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनका कार्य पनि फलदायी रहनेछन् । धार्मिक क्षेत्रमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्ने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेत गरेबमोजिमको जस नपाइए पनि हौसला घट्ने देखिँदैन् । साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यमा सफलता मिल्ने देखिन्छ । व्यवसायबाट लाभ हुने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । प्रेममा सफलता मिल्नुका साथै लाभका योग पनि देखिन्छन् । यात्राका सुअवसर पनि प्राप्त हुनेछन् ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आकस्मिक धनलाभको योग छ । साता लाभदायी रहनेछ । कार्यलाभका विशेष योग देखिन्छन् । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आयमा वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुखका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ । मंगल र बुधबार कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साता फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । धातुबाट विशेष लाभ रहनेछ । यात्राका सुअवसर प्राप्त हुनेछन् । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसायमा बृद्धिका साथै कार्यमा प्रगति हुने देखिन्छ । बिहीबारबाट भने कार्यमा अवरोधकासाथै शारीरिक आलस्यता पनि बढ्न सक्ने देखिन्छ ।

बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साता उन्नतिकारक रहनेछ । नयाँ कार्यको थालनी हुनेछ । पराक्रम बढ्नुका साथै कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । जलीय पदार्थ लाभदायी रहनेछन् । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । मंगलबारबाट समय सुखद् रहनेछ । रोजगारीका क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्रजनबाट सरसहयोग प्राप्त हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साता कार्यदायी रहनेछ । पराक्रम बढ्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । मान सम्मानका योग पनि देखिन्छन् । अध्ययनमा पनि प्रगति हुदै जानेछ । कर्म बलवान् देखिन्छ । बुध र बिहीबार भने शत्रु भय रहनुका साथै कार्यमा अवरोध आउने देखिन्छ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)

साता उन्नतिकारक रहनेछ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुने देखिन्छ । व्यापारमा उन्नति हुनेछ । शत्रु पराजित रहनुका साथै कार्यलाभ हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मित्रलाभ हुनेछ । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साता सबल रहनेछ । धन प्राप्तिका योग देखिन्छन् । आय बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । मित्र सहयोेग मिल्नुका साथै भौगोकि परिभ्रमणका योग पनि देखिन्छन् । व्यवसायको क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नेछ । सुखद् यात्राका योग पनि देखिन्छन् ।