

एजेन्सी, ९ चैत । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा ६० जनाको मृत्यु भएको छ ।
घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् । राजधानी आक्रा देखि ४ सय ३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस आपसमा ठोक्किएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।