बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित चलचित्र ’पद्मावत’ प्रदर्शनमा नआउँदै उनी अर्को चलचित्रमा देखिने भएकी छिन् । भारतीय मिडिया अनुसार उनी बायोपिक चलचित्रमा देखिन लागेकी हुन् । बायोपिक कलाकारको लागी चुनौतीपूर्ण काम मानिन्छ । अझ कसैको पात्रलाई चरित्रमा ढाल्नु जोखिमपूर्ण हुन्छ । प्राय जोखिमपुर्ण भूमिका गर्न रुचाउने दीपिका पहिलो पटक बायोपिकमा काम गर्दै छिन् । अंडरवर्ल्ड डन सपनाको जीवनीमा बन्न लागेको चलचित्रमा दीपिका काम गर्दैछिन् । यस चलचित्रमा दीपिकाले अभिनेता इरफान खानसँग स्किृन सेयर गर्न लागेकी हुन् । यस अघि यी दुईले पिकु चलचित्रमा एकसाथ काम गरिसकेका छन् । भारतीय मिडिया अनुसार चलचित्रलाई विशाल भारद्धाजले निर्देशन गर्दै छन् l