कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार

काठमाडौं, ९ चैत । स्वास्थ्यमा गडबडी भएपछि शुक्रबार साँझ अस्पताल भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।

धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना हुनुभएका उहाँलाई आईसीयूमा राखेर उपचार थालिएको थियो। अहिले क्रमिक रुपमा उहाँको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जनाएको छ । उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचापसमेत घटेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो।