तपाईंकै आफ्नै राशिफलः चैत ९ गते, शनिबारको फलादेश

तपाईंकै आफ्नै राशिफलः चैत ९ गते, शनिबारको फलादेश

चैत ९ गते शनिबार । तदनुसार ई. सं. २०१९ मार्च २३ तारिख, नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, चैत्र कृष्ण तृतीया, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, व्याघात योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, भोलिको चाडपर्व र उत्सव : विश्व क्षय रोग दिवस, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, आज शनिबार शिवजीको उपासनासँगै पीपलमा जल अर्पण गर्नाले शनिन्य दोष निवारण हुनेछन् । भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । 

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यपारमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै प्रेममा सफलता मिल्ने देखिन्छ ।

बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन लाभ हुनेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रिय लाभ हुनेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यमा अवरोध रहनेछ, शारीरिक अलश्यताका साथै मनमा चपलता रहने देखिन्छ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विद्याको क्षत्र लाभदायी रहनेछ, कार्यमा उन्नतिका साथै गृहसुख मिल्ने देखिन्छ ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन लाभ हुनेछ, मित्र सुखका साथै सुखद् याात्रका योग देखिन्छन् ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मीष्ठान्न लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)

खर्चमा वृद्धि हुनेछ, कार्यमा अस्थिरताका साथै बोलीमा विकार रहने देखिन्छ ।

धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै व्यवसामा वृद्धि हुने देखिन्छ ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मित्र सुख मिल्नेछ, पराक्रम बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन सुखद् रहनेछ, आर्थिक उन्नतिका साथै कार्यमा सफलता प्राप्त हुने देखिन्छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै कार्यमा अस्थिरता देखिन्छ ।