काठमाडौं,४ माघ– सरकारसँग ११ बुँदे सहमति भएपछि नेपाल नर्सिङ संघको ९ दिन लामो आन्दोलन स्थगित भएको छ । बिहिबार भएको वार्तामा सरकार र नर्सिङ संघबीच ११ बुँदे समझदारी भएसँगै आन्दोलन स्थगित भएको हो ।
स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयले बनाएको वार्ता समिति र नेपाल नर्सिङ संघका पदाधिकारी बीच आठ घण्टा लामो वार्तापछि ११ बुँदे सहमति भएको हाे । नेपाल नर्सिङ संघको अगुवाइमा देशभरका नर्सहरुले ९ दिनअघिदेखि ११ बुँदे माग अघि सार्दै विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्दै आएका थिए ।
सहमतिपत्र हेर्नुहाेस्