तपाईंकै आफ्नै राशिफलः चैत ८ गते, शुक्रबारको भाग्याफल

तपाईंकै आफ्नै राशिफलः चैत ८ गते, शुक्रबारको भाग्याफल

चैत ८ गते शुक्रबार । तदनुसार ई. सं. २०१९ मार्च २२ तारिख, चैत्र कृष्ण द्वितीया, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, बृद्धि योग, तैतिल र गर करण, आजको चाडपर्व र उत्सव : जल दिवस, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(होमादि), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, दैलो राख्ने, भोलिको चाडपर्व र उत्सव : नाला मच्छिन्द्रनाथ रथयात्रा, विश्व मौसम दिवस, भोलिको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, आज शुक्रबार इन्द्रायणी भगवतीको उपासनाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिकरुपमा राम्राे छ । धन प्राप्तिका साथै कार्यमा उन्नति हुनेछ ।

बृष राशी (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शत्रुबाट डर हाेला, कार्य हानिका साथै आर्थिक अस्थिरता रहनेछ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)

घर परिवारबाट सुख मिल्नेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापारमा राम्राे वृद्धि हुनेछ, कीर्ति लभका साथै मित्र सुख मिल्ने देखिन्छ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

चुनाैतीहरु बढ्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पढाई ध्यान लगाउन खाेजे पनि अवरोध हुनेछ, खर्च बढ्नुका साथै मित्र भय रहने देखिन्छ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्पत्ति लाभ हुनेछ, कार्य प्राप्तिका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीसंगीबाट सुख मिल्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अपव्यकाे समय छ, कार्य हानिका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाईमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अर्थमा राम्राे उन्नति हुनेछ, द्रव्य लाभका साथै सुखद् यात्राका योग देखिन्छ ।