

चैत महिनाका ७ गते बिहीबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको पूर्णिमा तिथि बिहान ७ः३० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । उत्तराफाल्गुनी नक्षत्र दिवा २ः२४ बजेसम्म रहनेछ । यसैगरी आज गण्ड योग र बाmव करण रहेको छ । यसैगरी आज सूर्योदय ६ः१० मा छ भने सूर्यास्त बेलुका ६ः१५ बजे हुनेछ । चन्द्रमा कन्या राशिमा छन् । आज होली पूर्णिमा तराईमा फागु खेलेर मनाइन्छ । होलीको पौराणिक प्रसङ्ग स्मरणीय छ ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्ने छ ।
बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहने छ ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक लाभ, कार्य सुखका साथै मित्र प्राप्तिको योग देखिन्छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रीवृद्धि, मित्र प्राप्तिका साथै पारिवारिक सुख मिल्ने छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिष्टान्न लाभ, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्ने छ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च बढ्ने, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन लाभ, मित्र प्राप्तिका साथै कीर्ति वृद्धि हुने छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्र लाभ, कार्य सुखका साथै यात्राको योग देखिन्छ ।
धनु राशी (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक वृद्धि, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु भय, कार्य अवरोधका साथै मिथ्यापवाद लाग्न सक्ने छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रम लाभ, कीर्ति वृद्धिका साथै मित्र प्राप्तिको योग देखिन्छ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कर्म प्राप्ति, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्ने छ