विराटनगर, ६ चैत । नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्यो । नेपालले श्रीलंका विरुद्ध ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलबाट अग्रता लिएको थियो ।
विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।
रेखाले राष्ट्रिय टिमबाट डेब्यु गोल गर्दै नेपालको अग्रता लाई ४–० पारिन् । अब आगामी शुक्रबार नेपालले फाइनलमा भारत र बंगलादेशको बिजेतासंग खेल्नेछ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ ।