साफ महिला फुटबल सेमिफाइनल:नेपालले श्रीलंकासँग खेल्दै

साफ महिला फुटबल सेमिफाइनल:नेपालले श्रीलंकासँग खेल्दै

विराटनगर,६ चैत, । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाललेआज (बुधबार )श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार हो ।नेपाल प्रतियोगिताकै बलियो टिमको रुपमा गनिएको छ । नेपालले समूह ‘ए’ को विजेता बन्दा कुनै पनि गोल खाएको छैन । उदघाटन खेलमा भुटानमाथि ३-० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३-० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो ।

तर श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २-० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५-० गोलअन्तरले पराजित भएको थियो ।नेपालको आक्रमक खेललाई सेमिफाईनलमा समेत निरन्तरता दिने बताउँदै प्रशिक्षक खड्काले श्रीलंकाविरुद्व होसियार भएर प्रस्तुत हुने बताए ।

विराटनगरको शहिद रंगशालामा विहान ११ बजे हुने खेलमा नेपाल स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ले लक्ष्यमा रहेको छ ।सेमिफाइनलको अर्को खेलमा आजै भारत र बंगलादेशबीच दिउँसो तीन बजे खेल हुँदैछ ।