होली पूर्णिमाको दिन तपाईंको राशिफलः चैत ६ गते, बुधबारको भाग्यादेश

होली पूर्णिमाको दिन तपाईंको राशिफलः चैत ६ गते, बुधबारको भाग्यादेश

चैत महिनाका ६ गते बुधबार अर्थात् होली पूर्णिमा । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको चतुदशी तिथि दिवा ९ः४८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा ३ः ५३ बजेसम्म रहनेछ । यसैगरी आज शूल योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६ः११ मा छ भने सूर्यास्त बेलुका ६ः१४ बजे हुनेछ । चन्द्रमा सिंह राशिमा छन् । आज पूर्णिमाव्रत परेको छ । आज शिवजीको उपासना पनि श्भ रहनेछ । फागु पूर्णमा भोलि भएपनि व्रत भने आजै परेको छ ।

मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

श्रीवृद्धि, विद्या प्राप्तिका साथै पारिवारिक सुख मिल्ने छ ।

बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य हानि, शत्रु भयका साथै अध्ययनमा अवरोध रहने छ ।

मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्र लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कीर्तिलाभ, मित्र प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिष्टान्न लाभ, व्यापार बढ्नुका साथै कार्य लाभ हुने छ ।

कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धन लाभ, श्रीवृद्धिका साथै अध्ययनमा रुचि जाग्न्ेछ ।

बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्य लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।

धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्य लाभ, विद्या प्राप्तिका साथै सन्तान सुख मिल्ने छ ।

मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शत्रु भय, कार्य अवरोधकबा साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने छ ।

कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)

श्रीवृद्धि, मित्र प्राप्तिका साथै सामाजिक कार्यम रुचि जाग्ने छ ।

मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक वृद्धि, मित्र लाभका साथै अध्ययनमा रुचि जाग्ने छ ।