

चैत महिनाको ५ गते मंगलबार, वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । वसन्त ऋतु अन्तर्गत फाल्गुन शुक्ल पक्षको त्रयोदशी तिथि दिवा १२।१० बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा रहेका छन् भने वृहस्पति धनु राशिमा छन् । मघा नक्षत्र बेलुका ५।३० बजेसम्म रहनेछ । यसैगरी आज धृति योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।१२ मा छ भने सूर्यास्त बेलुका ६।१४ बजे हुनेछ । चन्द्रमा सिंह राशिमा छन् । आज मंगलबार गणेशजीको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी हनुमान जीको उपासना पनि आज सुखद् रहनेछ ।
मेष राशी (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक लाभ, धन बढ्नुका साथै यात्राको योग देखिन्छ ।
बृष राशी(नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च बढ्ने, मान हानिका साथै शत्रु वृद्धि हुने छन् ।
मिथुन राशी ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र लाभ, व्यापार बढ्नुका साथै कार्यमा सफलता प्राप्त हुने छ ।
कर्कट राशी ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रीवृद्धि, पराक्रम बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह राशी ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कीर्ति लाभ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने छ ।
कन्या राशी (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य अवरोध, मित्र भयका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।
तुला राशी (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रम बढ्ने, आय बढ्नुका साथै प्रेमिल दिन रहने छ ।
बृश्चिक राशीकाे (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु)
श्रीवृद्धि, काम बन्नुका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।
धनु राशी(नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।
मकर राशी ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु भय, कार्य हानिका साथै खर्चमा वृद्धि हुने छ ।
कुम्भ राशी (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्र लाभ, श्रीवृद्धिका साथै यात्राको योग देखिन्छ ।
मीन राशी (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन वृद्धि, मित्र सुखका साथै कीर्ति लाभ हुने छ ।