जनमत पार्टी हुने भयो सिके राउतको पार्टीको नाम

जनमत पार्टी हुने भयो सिके राउतको पार्टीको नाम

काठमाडौं, ४ चैत । सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा आज सकिएको राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको छ ।

दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति समेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेने र ३४ जना सदस्य रहेका छन् । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।