

एजेन्सी, ४ चैत । भारतको गोवा राज्यका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । ६३ वर्षका पर्रिकरको प्यानक्रियाटिक क्यान्सरका निधन भएको हो ।
एक वर्षदेखि यस रोगबाट पीडित पर्रिकरको हिजो उपचारको क्रममा अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । भारतीय जनता पार्टीका तर्फबाट गोवाको मुख्यमन्त्री बन्नुभएका पर्रिकर आईआईटी इन्जिनियर हुनुहुन्थ्यो । उहाँको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द मोदीले दुःख व्यक्त गुर्नभएको छ ।
प्रधानमन्त्री मोदीको राम्रो साथीको रुपमा रहनुभएका पर्रिकरको निधनपछि आज भारतमा राष्ट्रिय शोकको घोषणा गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।