काठमाडौं, ४ चैत । राष्ट्रिय परिवार सम्मेलन आजदेखि काठमाडौंमा सरु हुँदैछ । ‘पहुँचबाहिर परेकाहरुलाई समेट्न’ नाराका साथ सम्मेलन सुरु हुन लागेको हो ।
दुई दिन सम्म चल्ने सम्मेलनमा स्वास्थ्य क्षेत्रमा विषय विज्ञहरुको सहभागितामा छलफल हुनेछ । सम्मेलनमा २४ मौखिक प्रस्तुतीकरण सत्रहरु, २८ वटा पोष्टर प्रस्तुतिहरु र चार प्लेनरी सत्रहरु समावेश गराइने जनाइएको छ ।
सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा आड्राको सहयोगमा र परिवार योजनामा काम गरिरहेका २० संघसंस्थाहरुको सहयोगमा हुन लागेका हो ।
सम्मेलनमा सरकार, विकास साझेदार, वैज्ञानिक, शिक्षणकर्मी, स्वास्थ्य पेशाकर्मी, मेडिकल कलेज, मिडिया, अनुसन्धानकर्ता लगायतको सहभागिता रहनेछ ।